बोली फेर्न सिपालु र नयां–नयां कुराहरुलाई अगाडी सार्दै राजनितिक दाउंपेच अगाडी सार्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डं)ले फेरी एक पटक विवादित बयान दिएका छन् ।
बुधवार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा भाषण गर्दै आफुलाई कमल थापाको सहगोत्री भनेका प्रचण्डले आज आफ्नै पार्टीबाट एमाले छिरेका मधेसी नेतालाई कुकुरको पुच्छरसंग तुलना गरेका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज विभिन्न पार्टीका कार्यकर्ताहरुलाई पार्र्टी प्रवेश गराउँदै प्रचण्डले नेकपा एमालेमा रहेका नेता सच्चिन्छु भनेर माओवादीमा आएर पुनः एमालेमै फर्किएको बताउंदै उनिहरुलाई कुकुरको पुच्छरसंग तुलना गरेका हुन् ।
पार्टी प्रवेश गराएर बोल्दै प्रचण्डले संविधान संशोधन प्रस्ताव राख्दा एमाले नामको केपी गुटले नमानेको हुनाले त्यो प्रस्ताव पारित नभए समेत बताए ।
उनले एमालेको केपी गुट जनजातीको, दलित, महिला, मुस्लिमहरुको हक, अधिकार र पहिचानको विरोधी भएको र उसैको कारणले संविधान संशोधन नभएको आरोप लगाए ।
प्रचण्डले भने ‘अहिले कतिपय मधेसी नेता जो पहीला माओवादीमा थिए, जसले तपाईहरुलाई भ्रम दिए, उनिहरु ओर्जिनल त एमालकोे केपी गुटकै मान्छे थिए । बीचमा म सचिन्छु, म माओवादी हुन्छु भनेर पनि आए, तर कुकुरको पुच्छर १२ वर्ष ढुंग्रामा राखेपनि बाँगाको बाँगै भनेजस्तो फेरि एमालेको केपी गुटमा नै गए ।’
माओवादीबाट एमालेमा छिरेका प्रभु साह, ज्वाला कुमारी साह लगायतका मधेसी नेताहरुप्रती ईंगित रहेको प्रचण्डको बयानले उनिहरुको नैतिकतामाथी प्रश्न उठाउने अभिप्रायले दिईको थियो ।
मधेशमा गएर ‘आफुलाई मधेशसंग लभ परेको’, ‘म मधेशको प्रेमिका हुं’ लगायतका भाषणहरु दिएर चर्चामा आउने प्रचण्ड यसपाली आफ्नै पुर्वसहकर्मिहरुलाई कुकुरसंग दांजेपछी उनको बिरोध हुने निश्चित देखिन्छ ।