सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको सातवटै प्रदेश सम्मेलन एकै दिन गर्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले मंसिर २५ गते एकैदिन प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो ।
प्रवक्ता कृष्णबहादुर महराका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको भर्चुअल उद्घाटन गर्नेछन् । बैठकले वडा सम्मेलन सफलतापूर्वक सम्पन्न भएको निश्कर्ष निकालेको पनि महराले जानकारी दिए ।
बैठकले पालिका अधिवेशनहरू उत्साहपूर्वक अगाडि बढेको निष्कर्ष निकाल्दै बाँकी रहेका केही पालिकाका अधिवेशनहरु छिट्टै सम्पन्न गर्ने निर्णय पनि गरेको छ । बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने निर्णय पनि गरेको छ ।
प्रवक्ता महराले हालसम्म पार्टीको सदस्यता ७ लाख ६ हजार ५ सय पुगेको र यो संख्या ८ लाख पुग्ने अनुमान गरिएको पनि जानकारी दिए ।