पैसा भएपछी हरेक सौख पुरा गर्न सकिन्छ भन्ने कुरालाई बाराको सिम्रौनगढका एक व्यापारीले प्रमाणित गरेर देखाएका छन् ।
सामान्यतया विवाहको जन्ति जांदा कार, बस र खन्य सवारी साधन लिएर जाने परम्परा रहिआएको छ ।
तर सिम्रौनगढ नगरपालका वडा नं. १० टेटा गाउंका एक व्यापारीले आफ्नो छोराको विवाहमा बेहुली भित्रानउन हेलिकप्टर चार्टर्ड गरेर यस भेगमै चर्चित भएका छन् ।
टेटाका नामचिन गल्ला व्यापारी जोगी साहले हेलिकोप्टर चार्टर्ड गरेर छोराको जन्ती रौटहट लगि त्यसैमा बेहुली भित्राएका हुन् ।
साहले आफ्ना २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि प्रभु कम्पनिको हेलिकोप्टर २ दिनका लागि चार्टर्ड गरेका हुन् ।
बिर्जुको विवाह रौतहट जिल्लाको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी संगिता साह तेलीसंग सम्पन्न भएको हो ।
सिनेमाहरुमा ठुलाबडाहरुले हेलिकप्टरमै जन्ति जाने देखेर आफ्नो एकमात्रै छोराको लागी साहले ३ लाख ८० हजार रुपैया खर्च गरेर २ दिनका लागि हेलिबप्टर चार्टर्ड गरेका हुन् ।
छोराले बिहेमा हेलिकोप्टर चढेर दुलही लिनजाने इच्छा देखाएपछी साहले सम्पत्तिको सदुपयोग गर्दै छोराको ईच्छा पुरा गरिदिएका हुन् ।
बाराको दक्षिणी भेगमा पर्ने सिम्रौनगढ, आदर्शकोतवाल, पचरौता र रौटहटका स्थानहरुमा ख्यातिप्रास्त धान, गहुं, मैकैका व्यापारी साहको अहिले जिल्लाभरी चर्चा भईरहेको छ ।