नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनपुर्व बारामा भईरहेको क्षेत्रिय निर्वाचनमा ठुलो बवाल उत्पन्न भएको छ ।
क्षेत्र नं.३ को विहिवारदेखी कलैयामा जारी क्षेत्रिय अधिवेशनमा संस्थापन पक्षले बोकस भोट खसालेको भन्दै संस्थापन ईतर समुहले बिरोध जनाएको छ ।
हिजो सम्पन्न निर्वाचनमा ३ वटा मतपेटीकाभित्र कुल ५ सय ९८ वटा भोट खसेको मुचुल्का उठाईएको थियो ।
आज बिहानसम्म दुई वटा मतपेटीकाको गणना हुंदा संस्थापन ईतर समुहका अध्यक्ष पदका उम्मेदवार मुकेश कुशवाहा २ मतले अगाडी छन् ।
कुशवाहालाई २१६ मत पाएको छ भने उनका प्रत्यासी प्रभात चौरसियालाई २१४ मत पाएको छ ।
तर तेश्रो मतपेटीकाको मतपत्र गन्दा मुचुल्का उठाईएको भन्दा ३ वटा मतपत्र बढी देखिएपछी विवाद उत्पन्न भएको हो ।
संस्थापन ईतर समुहका अध्यक्ष पदका उम्मेदवमर मुकेश प्रसाद कुशवाहाले मतपेटीकाभित्र बोकस मत खसाली धांधलिपुर्ण तरिकाले आफ्नो समुहलाई हराउन खोजेको आरोप लगाएका छन् । उनको समुहले पुनः मतदानको माग गर्दै बिरोध जनाईरहेको छ ।
सदरमुकाम कलैयाको श्री ३ चन्द्र उच्च माविको प्रायंगनमा भईरहेको मतगणनामा संस्थापन समुहका नेता पुर्वमन्त्री फर्मुल्लाह मंसुर र कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले धांधली गर्नखोजेको आरोप संस्थापन ईतर समुहका नेता रामानन्द यादवले लगाएका छन् ।
‘प्रहरीको बलमा हामिलाई हराउन खोजिंदैछ’,– यादवले भने ‘पुनः मतदान हुनैपर्छ ।’
अहिले मतगणना स्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ । बिरोध गर्ने पक्षका कार्यकर्ताहरुलाई प्रहरीले तितरबितर गर्न बल समेत प्रयोग गरेको नेता यादवले बताए ।