नेपका एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलिले माधव नेपालहरुलाई संसदमा प्रवेश गराए फेरी संसद अवरुद्ध गर्ने बताएका छन् ।
एमाले अध्यक्षमा दोश्रो पटक निर्वाचित भएका ओलिले आज पार्टी कार्यालयमा पदबहाली गर्दै यस्तो बताएका हुन् ।
उनले नेकपा एमाले पार्टीबाट निष्काशित गरिएका सांसदहरु अबैधानिक भएको बताउदै तिनिहरुलाई संसदमा छिर्न दिननहुने बताए ।
सरकारले आउंदो मंसिर २८ गतेदेखी संसदको हिउंदे अधिवेशन आह्वान गरेको छ ।
प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटाले आफुहरुले निष्काशित गरेका व्यक्तिहरुलाई संसदभित्र राखेर संसद चलाइरहेको बताउंदै माधव नेपालसंग सभामुखको अनुचित गठबन्धन रहेको समेत बताए ।
‘सभामुख अनुचित गठबन्धन गरेर लाग्नेका छन’, ओलिले भने– ‘उनी एमाले विरुद्ध लागेर पार्टी फुटाउने नाईके हुन् ।’
यसअघी संसदको पछिल्लो अधिवेशन एमालेको अवरोधका कारण बिना काम अन्त्य गरिएको भएको थियो ।
पदभार ग्रहण गरेपछी बोल्दै गरेका अध्यक्ष ओलिले वर्तमानको ५ दलिय गठबन्धनको सरकारले देशलाई गति दिन नसकने बताउंदै तत्कालै ताजा जनादेशमा जानुपर्ने बताएका थिए ।