नेकपा माओवादी केन्द्र कपिलवस्तु–काठमाडौं समन्वय समितिको सम्मेलन सम्पन्न भएको छ ।
शनिबार काठमाडौंमा नेकपा माओवादी केन्द्र कपिलवस्तु–काठमाडौं समन्वय समितिको सम्मेलन सम्पन्न भएको हो ।
नेत्र प्रसाद घिमिरेको अध्यक्षता र माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय प्रमुख अतिथि रहेको सम्मेलनमा विशिष्ट अतिथि लुम्बिनी सम्पर्क समन्वयका संयोजक सुनिता रोकाया र सम्पर्क समन्वयका प्रदेश सदस्य दिपक चुडाली अतिथि रहेका थिए ।
सम्मेलनले एक वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा नेत्रप्रसाद घिमिरे, उपाध्यक्षमा अनिषा ज्ञवाली र देवेन्द्र पौडेल, सचिवमा विनोद मरासिनी, कोषाध्यक्षमा भाष्कर पोख्रेल र सह–सचिवमा निखिल घिमिरे चयन भएका छन् ।
समितिको सदस्यमा प्रदीप थारु, सुजन मरासिनी, गीता शर्मा, विजय पौडेल र गोपाल भट्टराई रहेका छन् ।