कांग्रेस सुदूरपश्चिमको प्रदेशको प्रथम महाधिवेशनबाट सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन् ।
कुल खसेको १ हजार ३ मतमध्ये बलायर ६ सय ८८ मतसहित विजयी भएका हुन् । संस्थापन पक्षबाट सभापति उम्मेदवार बनेका बरायरले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नारायणदत्त मिश्रलाई ४ सय ८ मतले पराजित गरे । मिश्रले २ सय ८० मत मात्र प्राप्त गरे ।
बलायर नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व भौतिक मन्त्रीसमेत हुन् ।
यस्तै उपसभापतिमा संस्थापन पक्षका जनकराज चौधरी ६ सय १०, लोकराज अवस्थी ५ सय २३, महामन्त्रीमा नरनारायण शाह (मनु) ६ सय ४८, मेघराज खड्का ६ सय ३५, सह–महामन्त्रीमा गोपालदत्त भट्ट ५ सय २९, चिन्तामणि भट्ट ५ सय ३३ र अम्बिका कुमारी चलाउनले ६ सय ८६ मत प्राप्त गरी विजयी भएका छन् ।
सुदूरपश्चि प्रदेश अधिवेशनको लागि १ हजार २६ मतदाता रहेका थिए । प्रदेश सदस्यको मतगणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।