नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनपुर्व भईरहेको जिल्ला तथा क्षेत्र अधिवेशनमा आश्चर्यलाग्दो घटनाहरु बाहिर आईरहेका छन् ।
प्रदेश २ को बारा जिल्लामा शनिवार सम्पन्न क्षेत्रीय अधिवेशनमा केन्द्रिय प्रतिनिधिमा लडेका पुर्वसंविधानसभा सदस्य, हालका मेयर, उपमेयरदेखी पार्टीका जिल्ला सभापतीसम्म पराजित भएका छन् ।
जिल्लामा रहेको ४ वटै क्षेत्रमा संस्थापन (देउवा) पक्षले कब्जा जमाउंदा त्यसको असर महाधिवेशन प्रतिनिधिहरुमा समेत देखिएको छ ।
बारा क्षेत्र नं.१ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधि लडेका पुर्वसंविधानसभा सदस्य तथा कांग्रेसका पुर्व कार्यालय सचिव शोभाकर पराजुली पराजित भएका छन् । त्यस्तै पुर्वसंविधानसभा सदस्य तथा कांग्रेस बाराका पुर्वसभापती लालबाबु सिंह समेत क्षेत्र नं.४ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
यता क्षेत्र नं.२ बाट पुर्वसंविधानसभा सदस्य रामअयोध्या यादव समेत केन्द्रिय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । तिनैजना संस्थापन ईतर (पौडेल) समुहबाट लडेका थिए ।
यसअघी वडाअधिवेशनमै प्रदेश प्रतिनिधिमा निजगढ नगरपालकाका मेयर सुरेश खनाल पराजित भईसकेका छन् ।
हिजो सम्पन्न क्षेत्रिय निर्वाचनमा पौडेल समुहकै कलैया उपमहानगरपालिकाकी उपमेयर रहिमा खातुन, पुर्व जिबिस सभापती राजेन्द्र प्रसाद यादव, नेबिसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियार लगायतका ‘हेविवेट’ नेताहरु केन्द्रिय महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।
यता क्षेत्र नं.२ को क्षेत्रिय अध्यक्षमा लडेका महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र यादव समेत पराजित भएका छन् ।
बाराको ४ वटै निर्वाचन क्षेत्रमा देउवा समुहका नेता पुर्वमन्त्री फर्मुल्लाह मंसुर र पुर्वसांसद राधेचन्द्र प्रसाद यादवले गठबन्धन बनाउंदा उनिहरुले ‘क्लिन स्विप’ गरेका हुन्
क्षेत्र नं. १ मा सिम्रौनगढ नगरपालिकाका मेयर बिजयशंकर यादव, २ मा रामप्रवेश यादव, ३ मा प्रभात चौरसिया र क्षेत्र नंं.४ मा सुनिल गुप्ता विजयी भएका हुन् ।
देउवा समुहकै नेता तथा कांग्रेस बाराका वर्तमान सभापती जयचन्द्र चौरसिया भने केन्द्रिय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
उनलाई कांग्रेस बाराका सभापती पदका प्रत्यासी तथा पौडेल समुहका नेता रामानन्द यादवले पराजित गरेका हुन् ।