प्रधानमन्त्रीे शेरबहादुर देउवाले कांग्रेस महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् ।
कांग्रेस सभापति समेत रहेको प्रधानमन्त्री देउवाले अहिले कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमणको जोखिम रहेकाले महाधिवेशनमा कांग्रेस शक्ति प्रदर्शन गर्ने पक्षमा नभएको बताए ।
उनले भने, ‘हामी पनि झापादेखि मान्छे ल्याएर उतार्न सक्छौं । तर त्यसले जनतालाई दुःख हुन्छ । महामारी फैलिन सक्छ। हामी त्यो पक्षमा छैनौँ । महाधिवेशन प्रतिनिधिसँगै नजिकका नेता कार्यकर्ता आउनेछन् । सकेसम्म कमलाई बोलाउने प्रयास गरेका छौँ ।’
उनले आफू १४औं महाधिवेशनमा पनि सभापतिमा लड्न लागेको जानकारी दिए । उनले भनेका थिए, ‘यो मेरो अन्तिमपटक हो । मैले यहाँहरुबाट पनि सहयोगको अपेक्षा गरेको छु ।’
देउवाले फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने बताए ।
देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको र त्यसपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताए ।