राष्ट्रिय प्रजातन्त्र पार्टीको शनिवार सम्पन्न महाधिवेशनको परिमाणसंगै देशका अन्य पार्टीमा बैकल्पिक धार बनाई राजनिती गरिआएका नेताहरुमा उत्साह छाएको छ ।
राप्रपामा कमल थापाको बर्चस्वलाई लोकतान्त्रीक पद्धतीबाटै साईड गरेका राजेन्द्र लिङ्देनको सफलताले अन्य दलहरुमा अध्यक्षको एकल साशन तथा अतिक्रमणबाट मुक्ति पाईने आशा पलाएको हो ।
नेकपा एमालेमा १७ वर्ष नेतृत्व गरेका तत्कालिन महासचिव माधव कुमार नेपाललाई महाधिवेशनमा पराजित गरेका केपीको जितले केही आशा जगाएको थियो । तर अन्य दलहरुमा वर्षौदेखी नेतृत्व नछोड्ने लोभी प्रवृतीका सर्वोच्च नेताहरुको महत्वकाक्षाबाट अझै पार नपाएका ति दलहरुका नेताहरु लिङदेनको बिजयले पुनः उत्साहित भएका छन् ।
अर्को साता शुरुहुने नेपाली कांग्रेसको १४औ महाधिवेशनमा राप्रपामा भएको परिवर्तनले धेरैकुराको परिवर्तन गर्ने देखिन्छ ।
सभापती पदमा लड्ने उदघोष गरेका उपसभापती बिमलेन्द्र निधिले लिङदेनलाई बधाई संदेश पठाउंदै कांग्रेस महाधिवेशनमा आउने प्रतिनिधिहरुलाई ‘सिग्नल’ दिईसकेका छन् ।
हुनत कांग्रेसभित्र निधि मात्रै नभई कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह र शेखर कोईरालाहरु पनी आफ्नै धार बनाएर सभापती लड्ने बताईआएका छन, तर देउवा खेमाबाटै ‘विद्रोही’ बिगुल फुंकेका निधीको उम्मेदवारीले ठुलो महत्व राख्दछ ।
एक पटक अध्यक्ष भईसकेका व्यक्ति पटक–पटक दोहोरिने प्रवृतिको बिरोधमा उत्रेका निधिको दावेदारी अन्यभन्दा बढी सोचनिय छ ।
लिङदेनको जितले खुट्टा जमाएर बसेका पार्टीका सर्र्वोच्च नेतालाई लोकतान्त्रीक पद्धतिबाट हटाउन सकिन्छ भन्ने संदेश निधिले कांग्रेसका प्रतिनिधिमा दिनखोजेको प्रष्ट बुझिन्छ ।
कांग्रेस महाधिवेशनपछी नेकपा माओवादी केन्द्रको समेत महाधिवेशन हुने निश्चित छ ।
पार्टी स्थापनाकालदेखी अध्यक्ष भईआएका पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्ना सह कमाण्डरहरु डा.बाबुराम भट्टराईदेखी, मोहन बैध किरण, सिपी गजुरेल लगायतकालाई सवोच्च पदमा बनिरहनैका लागी पार्टी बाहिर जाने बाटो देखाईसकेका छन् ।
रामबहादुर थापा (बादल)हरुलाई समेत दोश्रो दर्वाभन्दा माथी उठ्न नदिएका प्रचण्डलाई आगामी महाधिवेशनमा कृष्णप्रसाद महरा, वर्षमान पुनः, देव गुरुङहरुले पक्कैपनी अध्यक्षको पद छोडिदिन भन्नेछन । नछोडे राप्रपावाला लोकतान्त्रीक पद्धती त छदैंछ ।
लिङदेनको जितले कांग्रेस, माओवादी मात्रै होईनकी, पार्टी स्थापनाकालदेखी पुख्र्यौली नासो सम्झेर अध्यक्ष पदको कुर्सिसंग टांसिएका जसपाका उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, नेमकिपाका नारायणमान बिजुक्छे, नेकपा मालेका सिपी मैनाली, जनमोर्चाकाका चित्रबहादुर केसी लगायतकालाई पार्टीभित्रका दोश्रो तहमै सिमिति पारिएका नेताहरुले टक्कर दिने अवस्था छ ।
पार्टीभित्र सह पदमा भएपनी अध्यक्षको एकलसाहिको बिरुद्धमा आवाज उठाउन नसकेका नेताहरुलाई लोकतान्त्रिक प्रक्रियाबाट केन्द्रमा पुग्नका लागी राप्रपाको परिणामले ठुलो हौसला दिएको छ ।