म्यानमारकी अपदस्थ नेत्री आङ सान सुकीलाई ४ बर्षको जेल सजाय सुनाइएको छ । उनीबिरुद्ध चलिरहेको कैयौँ मुद्धामा उनले पाएको यो पहिलो साजय हो ।
उनलाई प्राकृतिक प्रकोप ऐनअन्तर्गन मानिसहरुलाई उक्साउने र कोभिड नियम तोडेको आरोपमा दोषी ठहर गरिएको छ । सुकीमाथि ११ वटा आरोप लगाइएको छ र ती सबैलाई उनले अस्वीकार गर्दै आएकी छन् ।
फेबु्रअरीमा सैनिक विद्रोह हुनुअघि ७६ बर्षीय सुकीले निर्वाचित नाष्रिक सरकारको नेतृत्व गरिरहेकी थिइन् । गत बर्ष भएको आम निर्वाचनमा धाँधलीको आरोपमा सेनाले सत्ता कब्जा गर्यो, जसमा एकएलडीले ठूलो जित हासिल गरेको थियो ।
सुकी त्यसबेलादेखि घरमै नजरबन्दमा छन् र उनीमाथि भ्रष्टाचार, आधिकारिक गोप्य कानुनको उल्लघंन र जनतालाई उक्साएको आरोप लगाइएको छ ।