राजस्थानको जोधपुरमा प्रहरीले एक नक्कली आईबी अफिसरलाई पक्राउ गरेको छ ।
नक्कली आईबी अफिसरले अविवाहित भएको बहाना गरेर अखबारमा विवाहको विज्ञापन गर्दथ्ये र महिलाहरुलाई ठगी गरेर पैसा असुल्ने गर्दथ्ये । पक्राउ परेको अभियुक्त्त विवाहित र सन्तान रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
वास्तवमा रतनदा प्रहरी चौकीका अधिकृत मूलपही भाटीले भने करिब ४ महिना अघि एउटी महिलाले समाचारपत्रमा विज्ञापन हेरेपछि आफू सम्पर्कमा आएको बताएकी थिइन् । त्यसपछि अभियुक्त बनवारीलाल उक्त महिलाको सम्पर्कमा आए र दुवैले विवाह गरे । त्यसपछि बनवारीलालले केही समयपछि आफ्नी श्रीमतीलाई पैसाको लागि कुटपिट र दुव्र्यवहार गर्न थाले ।
यसबाट बिचली भई महिलाले रतनदा प्रहरी चौकीमा उजुरी दिइने । तर करिब ४ सम्म महिलालाई यताउता घुमाइरहे । कुनै पनि प्रहरीले महिलाको कुरा सुनेन न त उसले दिएको उजुरीमाथि केही सुनवाई नै गरे । अन्तत हारेपछि महिलाले वकिल लिएर प्रहरी चौकी पुगेर उजुरी दिइन् ।
त्यसपछि ४ महिनापद्धि प्रहरीले अभियुक्त्त नक्कली आईबी अफिसर बनवारीलाललाई पक्राउ गर्यो । प्रहरीका अनुसार ४ महिनापछि मीनाले आईबी अफिसर भएको बहाना गरी अन्य सहरका महिलाहरुसँग पनि विवाह गरेको र पैसा लिएर फरार भएको खुलासा गरे ।
हाल प्रहरीले आरोपीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।