दक्षिण अमेरिकी देश इक्वेडामा एक समूहले आफ्नो साथीको शवलाई बाइकमा (डेड बडी अन बाइक) बोकेर जाँदा मानिसहरु छक्क परेका छन् ।
यी मानिसहरुले शवलाई चिहानबाट निकाले, बाइकमा राखे र सडकमा निस्किए । डेली मेलको रिपोर्टअनुसार हालै एरिक सेडेनो नामका २१ बर्षीय युवकको मृत्यु भएको थियो । त्यसपछि एरिकका साथीहरु उनको अन्त्येष्टिमा आउन सकेनन् । मृतक एरिक सादेनोलाई बाइक राइड मन पथ्र्यो ।
यस्तो अवस्थामा उनका साथीहरुले अनौठो कुरा गरे । तिनीहरुले एरिकको शवलाई चिहानबाट निकाले र बाइक राइड पूरा गरे । यसका लागि मृतकका अभिभावकबाट उनीहरुले अनुमति लिएका थिए ।
शवलाई मोटरसाइकलमा राखिएको थियो । यस क्रमा मानिसहरु फोटो खिचिरहेका थिए र भिडियो बनाइरहेका थिए । बाइकमा तीन जना बसिरहेका थिए, बीचमा शवलाई राखिएको थियो ।
यी मानिसहरुले आफ्नो मृत साथीको अन्तिम इच्छा पूरा गरिरहेको बताइएको छ । उनीहरुले उनको चिहानमा रक्सी पनि छर्केका थिए ।