इन्डोनेसियाको जाभास्थित विमानस्थलमा अश्लीलताको आरोपमा एक मोडल पक्राउ परेकी छन् ।
ती मोडलले एयरपोर्टमा नै आफ्नो लुगा फुकालेकी थिइन् । जानकारीअनुसार सिस्की नामले चिनिने यो मोडललाई विमानस्थलको पार्किङ स्थलमा अश्लिल कार्य गरेमा १८ बर्षसम्म जेल सजाय हुन सक्नेछ ।
डेली स्टारको रिपोर्टअनुसार ओन्लीफ्यान्सकी यो मोडल त्यहाँ फोटोसुट गर्न चाहन्थिन् । तर, त्यहाँ उनले लुगा खोल्न थालेपछि उनको रेकर्डिङ क्यामेरामा कैद भयो ।
भिडियोमा एक यात्रु मोडलको पछाडि छन् र आफ्नो सुटकेस बोकेर गइरहेको देखिन्छ् । यो वयस्क स्टन्टको भिडियो गत महिना अनलाइनमा देखा पर्यो, त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
यसैलाई मध्यनजर गर्दै प्रहरीले नोभेम्बरदेखि नै यस बिषयमा अनुसन्धान थालेको थियो । त्यसपछि डिसेम्बर ४ का दिन मोडललाई पश्चिम जाभाको बान्डुङग शहरको रेलवे स्टेशनबाट पक्राउ गरिएको छ ।
स्थानीय प्रहरी प्रमुख मुहारोमा फजारिनीले विमानस्थलमा कर्मचारीलाई उक्त भिडियो अम्टोबरमा खिचिएको जानकारी दिए । उनले भने उक्क्त मोडल यहाँ फोटोसुटका लागि मात्र आएकी थिइन् र उनले भित्र कुनै लुगा लगाएकी थिइनन् ।
उनीमाथि पोर्नोग्राफी ऐन र आईटीई ऐन उल्लङघन गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।