सप्तरीको राजबिराजमा प्रदेश २ सरकारले स्थापना गरेको कृषि विश्वविधालयको उपकुलपतीमा डा.बैधनाथ महतो नियुक्त भएका छन् ।
सामाजिक बिकाश मन्त्रालयको सिफारिशमा मुख्यमन्त्री लालबाबु राउत गद्दीले डा.महतोलाई नियुक्त गरेका हुन् ।
सिराहाको मिर्चैया नगरपालका २ स्थायी घर भएका महतो यसअघी प्रदेश २ को निति तथा योजना आयोगका सदस्य थिए ।
केहिदिन पहिला प्रदेश २ मा सरकारले दुईवटा विश्वविधालयहरु स्थापना गर्न ल्याएको महत्वकांक्षी अध्यादेशहरु प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रमाणित गरेको थिए ।
प्रदेश सरकारले विरगंज प्राविधिक विश्वविधालय र कृषि विश्वविधालय सप्तरी स्थापना गर्ने निर्णय गरेको थियो ।
कृषि तथा प्राविधिक सम्बन्धि दक्ष जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धि अध्ययन अनुसन्धानलाई समयसापेक्ष, व्यापक, व्यवहारिक र गुणस्तरीय बनाउन कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने निर्णय सरकारले गरेको हो ।
तत्काल कृषि विश्वबिधालयका लागी डा.महतोलाई उपकुलपती नियुक्त गरिएको र पछि बिरगञ्ज विश्वबिधालयको उपकुलपती नियुक्त गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।