नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन पौष ११ गतेदेखी १३ गतेसम्म काठमाडौंमा हुने तय गरिएको छ ।
सम्मेलनमा देशभरका १ हजार ५ सय प्रतिनिधि सहभागि हुने जनाईएको छ ।
माओवादीले प्रत्येक प्रदेशबाट ३०–३० जना प्रतिनिधि छनौट गर्ने निर्देशिका तयार पारेको छ । त्यस्तै १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन चयन गर्ने निति बनाईएको छ ।
पार्टीको केन्द्रिय सचिवालयको बैठकले गरेको निर्णय अनुसार हालका केन्द्रीय सदस्यहरू स्वतः राष्ट्रिय सम्मेलनका प्रतिनिधि हुने छन् ।
सम्मेलनमा सहभागि हुने प्रतिनिधिहरुले खाने र बस्नेलगायतका व्यवस्था आफै गर्नुपर्नेछ । त्यसमा लाग्ने खचर्को व्यवस्थापन समेत प्रतिनिधी आफैले गर्नुपर्नेछ ।
अझ सम्मेलनमा सहभागि हुने प्रतिनिधिहरुले २ हजार रुपैयाको दरले शुल्क बुझाउनुर्ने सर्कुलर अध्यक्ष पुष्पकमल दाहालबाट जारी गरिएको छ ।