राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले राष्ट्रियसभामा रिक्त १८ सदस्यको निर्वाचनमा भाग लिने राजनैतिक दलहरुको लागि निम्न अनुसारको कार्यतालिका तोकेको छ ।
दल दर्ता – पुष १ देखी १० गतेसम्म
मतदाता नामावली प्रकाशन – पुष १७ गते
उजुरी, निवेदन, छानबिन तथा कारवाही – पुष १८ र १९ गते
उम्मेदवमरी दर्ता तथा सुची प्रकाशन – पुष २० गते
उम्मेदवार उपर दावी बिरोध – पुष २१ गते
दावी बिरोधमाथी जांचबुझ तथा उम्मेदवारको नामावली प्रकाशन – पुष २२ र २३ गते
उम्मेदवारले नाम फिर्ता लिने – पुष २४ गते
उम्मेदवारको अन्तिम नामावली प्रकाशन – पुष २५ गते
मतदान – माघ १२ गते