नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालय स्वच्छ र निष्पक्ष नभएको बताएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउन माग गर्दै बालकोट पुगेको नेपाल बारको टोलीलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेको एमाले अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
उनले भने, ‘तपाईंको कुरामा असहमति जनाउनुपर्ने अवस्था छैन । सर्वोच्च अदालत स्वच्छ र निष्पक्ष हुनुपर्छ, अनि मात्रै न्याय दिन सक्छ । तर, न्यायालय स्वच्छ र निष्पक्ष भएन । एक किसिमले भन्ने हो भने न्यायालय ध्वस्त भएको छ ।’ उनले न्यायालय स्वच्छ र निष्पक्ष न्याय बनाउन चाहेको बताए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जबरालाई महाभियोग लगाउन तयार नभएका कारण सम्भव नहुने बताए । उनले दुई तिहाई बहुमत नभएका कारण एमालेले एक्लै जबरालाई महाअभियोग लगाउन नसकिने बताए ।
उनले सर्वोच्चका न्यायाधीशको पनि व्यवहार सही नभएको बताए । ओलीले न्यायमूर्ति (न्यायाधीशरु) पनि आफ्नो मर्यादामा बसेर निष्पक्ष र न्यायिक मर्यादा भित्र रहनुपर्ने बताए ।