नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सभापतिको दावी छाडेका छन् । मंगलबार गणेशमान भवन चाक्सीबारीमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न बसेको बैठकमा महामन्त्री कोइरालाले रामचन्द्र पौडेलको नाममा सहमति जुटे आफुले सभापतिको दावी छाड्न तयार रहेको बताएका हुन् ।
‘रामचन्द्रजी सिनियर पनि हो । मलाई उहाँले एकपटक सहयोग गर्नुस भन्नुभएको छ । मेरो समर्थन उहाँलाई छ । उहाँकै नेतृत्वमा चुनावमा जानू उपयुक्त हुन्छ,’ बैठकमा कोइरालाले भने ।
१४ औं महाधिवेशनका लागि सो समूहबाट पौडेलसहित सशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहको दावी छ । साझा उम्मेदवार बनाउन कार्यकर्ताले दबाब दिइरहेका छन् । अर्को बैठक भोलि बुधबार पुनः बस्नेगरि सकिएको छ ।