नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) संक्रमण पुष्टि भएका २ जना संक्रमण मुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएका दुवै जना संक्रमण मुक्त भएको जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) देखिएको भनेर सोमबार मात्रै सार्वजनिक गरेको थियो।