प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज आफूपक्षिय नेताहरुसँग छलफल गर्दैछन् ।
२४ मंसिरमा उद्घाटन हुने पार्टीको १४औँ महाधिवेशनमा आफूलाई सभापतिमा चुनौती दिने आफ्नो समूहमा कोही नभए पनि पदाधिकारी आकांक्षी धेरै भएपछि उनले आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् । बैठक बिहान ९ बजे बुढानिलकण्ठमा बस्दैछ ।
उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवार बन्ने घोषणा गर्दै सम्पर्क कार्यालय सञ्चालन गरेपछि देउवालाई सो समूहमा अरु कसैले सभापतिमा चुनौती दिएको छैन । देउवाको टिममा उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षी भने धेरै छन् ।