काठमाडौँ, ७ फागुन – कथाफेष्टले फागुन १७ र १८ गते राजधानीको बबरमहल रिभिजिटेटमा दुई दिने अन्तर्राष्ट्रिय फिल्म र फोटो फेष्टिवल गर्ने भएको छ।
नयाँ पुस्ताका कथा र विचारलाई रचनात्मक रुपमा प्रस्तुत गर्न फेष्टिवलको आयोजना गरिएको कथाफेष्टका रोज्वे रेग्मीले बताए। फेष्टिवलमा २१ वर्षभन्दा कम उमेरले आफुले खिचेका फोटो र ३० वर्षभन्दा कम उमेर समुहले फिल्म पठाएर सहभागिता जनाउन सक्नेछन्।
‘सहभागिमध्ये उत्कृष्ट २५ फोटो ग्राफरलाई काठमाडौँ बोलाई तीनको विषय र ठाउँतोकि २५ मिनेटमा फोटो खिच्न लगाईने छ। सोही फोटोकै आधारमा यस फेष्टिवलको विजेता चुनिनेछ।’ रेग्मीले भने।
फोटोका लागि निर्णयक मण्डलमा राजधाई सुवाल छन् भने फिल्मका लागि साम्तेन भसटिया, अविनाश विक्रम शाह र नेपाल चलचित्र समीक्षक समाजका प्रतिनिधिलाई सहभागि गराईने पत्रकार सम्मेलनमा जानकारी दिईयो।