नेपाली कांग्रेसको १४ औ महाधिवेशनको उदघाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले टुक्राएर नेकपा एकिकृत समाजवादी पार्टी बनाएका माधव कुमार नेपाल ‘फेस टु फेस’ हुने भएका छन् ।
शुक्रवार भृकुटी मण्डपमा आयोजना हुने उद्घाटनसत्रमा प्रधानमन्त्री तथा कांग्रेस अध्यक्ष शेरबहादुर देउवाको निमन्त्रणामा अन्य दलका नेतासंगै ओली र नेपाल आमने–सामने हुनलागेका हुन् ।
नेकपा एमाले टुक्राउनु अगाडी मात्र भेट भएका दुबै नेता महिनौपछी एक मञ्चमा देखिने भएका हुन् ।
नेकपा एमालेको चितवनमा सम्पन्न महाधिवेशनमा अन्य राजनितिक दलका नेताहरुलाई अतिथिको रुपमा बोलाएपनी ओलीकै आदेशले नेता नेपाललाई बोलाईएको थिईएन ।
पार्टीबाट कारवाही गरेपछी मुख समेत देख्न नचाएका ओलीले कांग्रेसको मञ्चमा नेता नेपालको अनुहार हेर्नेछन् ।
सार्वजनिक कार्यक्रमदेखी संसदसम्म माधव कुमार नेपालको पार्टीलाई मान्यता नदिएका ओलीले देशकै नजर हुने कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा कुन तरिकाले ‘विहेव’ गर्नेहुन भनी नेपाली जनतामा कौतुहलता छ ।
महिनौपछी आमने सामने हुनलागेका दुबैनेताले कार्यक्रममा दिने अभिव्यक्तको प्रतिक्षा समेत नागरिकले गरिरहेका छन ।