चिनबाट श्रम कैद काट्न नेपाल आएका चिनिया नागरिकहरुले आफ्नै सरकार बिरुद्ध प्रदर्शन गरेका छन् ।
आज काठमाडौं स्थित चाईनिज राजदुतावास अगाडी करिब ५० जनाको संख्यामा रहेका चिनिया नागरिकहरुले प्रदर्शन गरेका हुन् ।
चिनिया सरकारले श्रमकैद गरी नेपाल स्थित बिभिन्न परियोजनाहरुमा कामदारको रुपमा खटाईरहेको उनिहरुले श्रम कैदको समय समाप्त भईसक्दा समेत सरकारले फिर्ता नलगेको भन्दै आफ्नै सरकार बिरुद्ध प्रदर्शन गरेका हुन ।
सयौंको संख्यामा नेपालमा श्रमकैद भुक्तान गरिसकेका कामदारहरुले दुतावासबाट स्वदेश फर्कन पहल नगरेको तथा चिन सरकारले आफुहरुसंग हेला गेरेको भन्दै चिनिया दुतावास अगाडी प्रदर्शन गरेका हुन् ।
श्रम कैदको समय समाप्त भएपनी कोरोना महामारीका कारण देश फर्किन नपाएका कामदारहरुले नारा ज्लुस सहित प्रदर्शन गरेको महानगरिय प्रहरीबित्त कमलपोखरीका प्रमुख डिएसपीले नेपालिपब्लिकलाई बताए ।