नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रूपमा पार्टीकोे सभापति बनाउन प्रस्ताव गरेका छन् ।
निधिले वरिष्ठ नेता पौडेललाई सभापति शेरबहादुर देउवाले सभापतिमा प्रस्ताव गरे आफूले समर्थन गर्ने बताए ।
चितवन–काठमाडौं प्रजातान्त्रिक समाजले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा निधिले सो कुरा बताएका हुन् । उनले भने, ‘पौडेल सर्वसम्मत सभापति नबनाइए मेरो उम्मेदवारी यथावत् नै रहन्छ ।’
हिजो बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता पौडेल सहभागी नहुनु दुःखद कुरा भएको पनि निधिले बताए ।
निधिले १३औं महाधिवेशनमा सभापति लडेका तीन नेताले पार्टी सभापतिमा फेरि दाबी नगर्नु राम्रो हुने बताए । त्यस्तो अवस्थामा सभापतिका चार दावेदारबीच सहमति खोज्ने र नभए निर्वाचनमा जाने उनले बताए ।