तत्कालिन राष्ट्रिय जनता पार्टीबाट अलग भई आफ्नो बेग्लै समुह बनाएर राजनिती गर्दै आएका पश्चिम क्षेत्रका प्रभावशाली नेता हृदेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्दैछन् ।
राजपाबाट अलग भएर २०७४ सालको आम निर्वाचनमा सुर्य चिन्हबाट चुनाव लडी विजय भएका त्रिपाठीले आफ्ना सहकर्मि नेता तथा कार्यकर्ताहरुलाई समेटेर नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् ।
मंसिर २८ गते काठमाडौंमा पार्टी घोषणा कार्यक्रमको आयोजना गर्दै त्रिपाठीले ‘जनता प्रगतिशील पार्टी’ घोषणा गर्न लागेको उनि निकट श्रोतले जनाएको छ ।
उनले आफ्नो पार्टीमा बिभिन्न पार्टीमा असन्तुष्ट रहेका नेताहरुलाई समेत सहभागि गरेर नयाँ वैकल्पिक शक्तिको निर्माण गर्ने लक्ष्यराखेको श्रोतले बतायो ।
२०७४ सालको आम निर्वाचनमा स्वतन्त्र राजनीतिक समुह मार्फत चुनाव लडेका त्रिपाठी र उनि निकट वृजेश गुप्ता तथा १ जना प्रदेशसभा सदस्य समेत विजयी भएका थिए ।
सदभावना परिषदबाट मधेशको राजनिति शुरु गरेका त्रिपाठी तत्कालिन सदभावना पार्टी तथा तराई मधेस लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता भईसकेका छन् ।
सुर्य चिन्हबाट चुनाव जितेका त्रिपाठीलाई केपी ओलिले आफ्नो सरकारमा स्वास्थ्यमन्त्री समेत बनाएका थिए ।