नेपाली कांग्रेस केन्द्रिय सदस्य फर्मुल्लाह मंसुरले १४ औ महाधिवेशनमा मुस्लिम कोटाबाट सह–महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
महाधिवेशन स्थल भृकुटी मण्डपमा दलबल सहित पुगेका नेता मंसुरले शेरबहादुर देउवा प्यानलबाट सह–महामन्त्री पदमा आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन् ।
पुर्वमन्त्री समेत रहेका मंसुर २०७४ को आम निर्वाचनमा बारा क्षेत्र नंं.३ बाट पराजित भएका थिए ।
यसअघी १२ औ महाधिवेशनसम्म स्व.गिरिजा प्रसाद कोईराला तथा शुशिल कोईराला समुहमा रहेका मंसुर १३ औ महाधिवेशनमा अचानक देउवा समुहमा प्रवेश गरी केन्द्रिय सदस्य निर्वाचित भएका थिए ।