जनमत माटो यात्राको नाममा तराई–मधेशको यात्रामा निस्केका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको अभियान १५ औ दिनमा प्रवेश गरेको छ ।
अभियान अन्तर्गत डा. राउतले आज रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालीका ताथा कपिलवस्तुको महाराजगंजको माटो संकलन गर्नेछन् ।
डा.राउतले लुम्बिनीबाट शुरु गरेको यात्रा मेचीदेखि महाकालीसम्म पुगेर सम्पन्न हुनेछ । उनले पुर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मको यात्रामा प्रत्येक स्थानिय निकायको केन्द्रमा पुगि त्यहांको माटो संकलन गर्नेछन् ।
यसरी संकलन गरिएको माटोबाट ‘मधेस एकता उद्दान पार्क’ निमार्ण गर्ने लक्ष्य रहेको जनमत पार्टीका महासचिव चन्दन सिंहले जनाए ।
जनमत माटो यात्रामा निस्केका डा.राउतलाई पुर्वदेखी पश्चिमसम्मका नागरिकले सहयोग र सम्मान दिईराखेको सिंहले जनाए ।