भारतिय जनता पार्टीका नेता तथा पुर्व केन्द्रिय मन्त्री डा.हर्षवद्र्धनले नेपाली राजनितिक दलहरुबिचको सममिप्यता विश्वकै उदहारणिय रहेको बताएका छन् ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै भारतिय संसदमा सांसद समेत रहेका हर्षवद्र्धनले मतभेदबा बावजुद पनी एक राजनितिक दलको महाधिवेशनमा अन्य दलका नेताहरु सहभागी भएर शुभकामना मन्तव्य दिनु बिश्वभरिकै राजनितिक दलहरुकालागी प्रेरणादायी रहेको बताएका हुन् ।
भारत नेपालबिच आत्मिय सामिप्यता रहेको भन्दै नेता हर्षवद्र्धनले नेपालको बिकाशका लागी सहयोग गर्न भारत सरकार हरपल तयार रहेको समेत बताए ।