नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि तानाशाहा जन्मने खतरा रहेको बताएका छन् ।
कांग्रेस महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले फेरि तानाशाहा जन्मने खतरा रहेको र सचेत हुनुपर्ने बताए ।
तानाशाही र निरंकुशतावादीविरुद्धको आन्दोलनमा एकता प्रदर्शन गरिएको प्रचण्डले स्मरण गरे ।
प्रचण्डले नेपाली दलहरूमा राजनीतिक संस्कार रहेको बताए । उनले नेपाली नेताहरूले एक अर्काले हातेमालो गरेर एक अर्कालाई प्रधानमन्त्री बनाउने गरेको बताए ।
त्यसअघि भारतीय जनता पार्टीका नेता हर्ष वर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री नदेखेको बताएका थिए ।
त्यस्तै प्रचण्डले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँघरमा जाँदा चोर आएको भन्छन् भनेर दिएको अभिव्यक्तिको पनि जवाफ दिए । उनले नेताहरू गाउँघर जाँदा चोर भन्छन् भन्ने कुरा झूट भएको बताए ।
प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गर । ‘कहिलेकाहीँ म सुन्छु, साथीहरु एक्लै हिँड्ने कुरा गर्नुहुन्छ,’ उनले अघि भने, ‘हामी एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौं । हामी मिलेरै हिँड्ने हो ।’
सत्तामा पुग्दा पार्टी जनतामाझ गरेका पूतिवद्धता विर्सने गरेको उनले बताए ।
कांग्रेससँग माओवादी र आफ्नो विशेष सम्बन्ध रहेको र अझैं समधुर सम्बन्ध बनाउनुपर्ने प्रचण्डले बताए ।