नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने आफ्ना कुनै मनशाय नभएकोले उम्मेदवारी फिर्ता लिएको उल्लेख गरेका छन् ।
उनको नाम सभापति शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा राखिएको थियो ।
यसअघि विश्वकर्माले आफूले पार्टीको सहमहामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका थिए ।