नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा हिजो सबै पदमा उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन समितिका अनुसार मधेसी तर्फको ५ जना खुल्ला केन्द्रिय सदस्यका लागी २७ जनाको उम्मेदवारी परेको छ ।
विभिन्न प्यानलका ईतरपनी स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनेको संख्या बढी छ । उम्मेदवारी दिनेहरुमा उधोगपती बिनोद चौधरीदेखी पुवमन्त्री हेमराज तोतड, पुर्वराष्ट्रपती डा. रामवरण यादवपुत्र डा. चन्द्रमोहन यादव तथा सांसदहरु समेत रहेका छन् ।
त्यस्तै ४ जना मधेसी महिला खुल्ला केन्द्रिय सदस्यका लागी ५ जनाको उम्मेदवारी परेको छ ।
पुरुषतर्फको २७ जनामा सकलदेव सुतिहार, डा.अन्जनी कुमार झा, अजय कुमार द्विवेदी, मिथिलेश कुमार मिश्र, रामदयाल यादव, देवकरण प्रसाद कलवार, रामपल्टन साह रहेका छन् ।
त्यस्तै भगिरथ कुमार पोद्दार, प्रेमकिशोर प्रसाद साह, सिताराम महतो, राजेन्द्र कुमार जैसवाल, डा.चन्द्रमोहन यादव, डा.गणेश कुमार मण्डल, प्रभुनाथ राउत, डा.सुभाशचन्द्र यादव, रामनारायण मण्डल, सत्यनारायण चौधरी, संजय कुमार यादव, भारतेन्दु कुमार मल्लिक, महेन्द्र कुमार राय, हेमराज तोतड, अजय कुमार चौरसिया, राम कुमार चौधरी, बिनोद कुमार चौधरी, सुशिल नाहटा, दिनेश कुमार यादव र पवन कुमार सारडा रहेका छन् ।
मधेसी महिलातर्फको खुल्ला सदस्यहरुको उम्मेदवार मिनाक्षी झा मन्जु कुमारी यादव, नगिना यादव र मुक्ता कुमारी यादव रहेका छन् ।