नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।
आइतबार बिहान उनले सभापतिबाट उम्मेदवारी फिर्ता लिएका हुन् ।
उनले सभापतिका उम्मेदवार शेखर कोइरालालाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताए ।
न्यौपानेले कोइरालाको टिम राम्रो र युवाको बर्चस्व देखेकाले समर्थन गर्न लागेको बताए । कांग्रेसको जारी १४ औँ महाधिवेशनमा उनले युवाहरुको प्रतिनिधित्व गर्दै सभापतिमा लड्ने बताएका थिए ।
उम्मेदवारी फिर्ता लिने समय आइतबार मध्यान्न साढे १२ बजेसम्म छ ।