नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका शेखर कोइरालाले ७ संकल्प सार्वजनिक गरेका छन् ।
कोइरालाले ‘एक व्यक्ति एक जिम्मेवारीः एक पटकको लागि मेरो उम्मेदवारी’ भन्ने नाराका साथ ७ संकल्प सार्वजनिक गरेका छन् ।
यी हुन् कोइरालाका सात संकल्प:
संविधान कार्यान्वयनको प्रतिबद्धता
वैचारिक स्पष्टता, सुदृढ संगठन, विधानको पूर्ण पालना
क्रियाशील र जिम्मेवार भातृ एवं शुभेच्छुक संगठन
अनुभव र ऊर्जासहितको सशक्त कांग्रेस निर्माण
पारदर्शी निर्णय, जवाफदेही नेतृत्व, उत्तरदायी पार्टी
सहभागितामूलक लोकतान्त्रिक अभ्यास
प्रशिक्षित कार्यकर्ता, मजबुत संगठन