नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा थारु कोटाबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका पुर्व सांसद सुरेन्द्र चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् ।
सभापती पदका उम्मेदवार शेरबहादुर देउवाको निर्देशनपछी चौधरीले आफ्नो मनोनयन फिर्ता लिएका हुन् ।
देउवा प्यानलबाट सहमहामन्त्री लड्ने घोषणा गरिसकेका चौधरी प्यानलमा नपरेपछी बागी उम्मेदवारी दिएका थिए ।
देउवा प्यानलको कृष्ण प्रसाद सिटौला समुहसंग गठबन्धन भएपछी सिटौलानिकट खानेपानी मन्त्री उमाकान्त चौधरीलाई थारु कोटाबाट सहमहामन्त्री पदको उम्मेदवार बनाईएको छ ।
उक्त पदमा संस्थापन ईतर प्यानलबाट तेजुलाल चौधरी उम्मेदवार छन् । सुरेन्द्र चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछी उक्त पदमा अब मन्त्री उमाकान्त चौधरी र तेजुलाल चौधरीबिच सिधा टक्कर हुनेछ ।