दाङ तुलसीपुरबाट सल्यान कपुरकोट आउँदै गरेको जिप दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।
उपचारका लागि नेपालगन्ज रिफर भएका कपुरकोट गाउँपालिका –३ निवासी ५२ वर्षका चन्द्र बहादुर खड्काको आइतबार राती ८ बजे मृत्यु भएपछि मृतकको सङ्ख्या ४ पुगेको हो ।यस अघि दुर्घटनामा परी परेर कपुरकोट –३ बस्ने ४८ वर्षीय प्रेम प्रकाश शर्मा, कपुरकोट – ४ की सौनी घर्ति र लालमती खड्काको मृत्यु भएको थियो ।
घाइते मध्य १० जनालाई तुलसीपुरमा सामान्य उपचारपछि नेपालगन्ज रिफर गरिएकोमा खड्काको नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते ९ थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ भने ३ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ ।आइतबार साँझ दाङ तुलसीपुरबाट सल्यान कपुरकोटको सिमपानी जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप राप्ती राजमार्ग अन्तरगत तुलसीपुर उपमहानगरपालिका –३ सिरखोला नजिक दुर्घटना भएको थियो ।
सिट क्षमताभन्दा धेरै यात्रु राखेको जिप उकालोमा स्टार्ट बन्द भई ब्याक सर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी राप्ती राजमार्गबाट करिब २ सय मिटर तल खेतमा खसेको छ ।