सांसदहरूको संसद भवन परिसरमा एन्टिजेन विधिमार्फत् कोरोना परीक्षण गरिएको छ ।
सोमबार बिहानदेखि सांसदहरूको एन्टिजेन विधिमार्फत् कोरोना परीक्षण सुरु गरिएको छ ।
संसद सचिवालयले सांसद, संघीय संसदका कर्मचारी, मर्यादापालक र बैठकमा सहभागी हुने पत्रकाहरूलाई कोरोना परीक्षण गर्न सूचना जारी गरेको थियो ।
संघीय संसदको अधिवेशन मंसिर २८ गतेबाट सुरू हुँदैछ ।