मानव बेचबिखनमा परेका महिला तथा बालबालिकाहरुको लागी उद्दार, घरफिर्ती तथा पुर्नस्थापना कानुन आश्यक रहेको सरोकारवालाहरुले औंल्याएका छन् ।
रोजगारी लगायत बिभिन्न बहानामा नेपालबाट बाहिर बेचबिखन भएका महिला तथा बालबालिकाहरुलाई स्वदेश फर्काउने कानुनको अभावमा उनिहरुलाई उद्दार गर्न नसकिएको सो क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुले बताएका हुन् ।
नेपालबाट भारत लगायत खाडी मुलुकमा रोजगारको नाममा यौन शोषण तथा बालश्रम गराईने संख्या दिनप्रतिदिन बढ्दै गएको उनिहरुले बताए ।
मानव बेचबिखन बिरुद्धको राष्ट्रिय सञ्जाल (एटवीन) ले आज काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त कानुन निर्माणबारे चर्चा भएको हो ।
कानुनकै अभावमा पिडितहरुलाई स्वदेश फर्काउन समस्या भईरहेको अवस्थामा सरकारले आवश्यक निति तथा निर्देशिका बनाएर भारत लगायतका देशमा बेचिएका नेपाली चेलिबेटी तथा बालबालिकाहरुलाई स्वदेश फर्काउन माग समेत गरिएको छ ।
शक्ति समुहकी अध्यक्ष चरिमाया तामांगले नेपालमा नयां–नयां तरिका अपनाई देश भित्र तथा बाहिर महिला एवम बालबालिकाहरुको ओसार–पोसार गर्ने गरिएको बताईन ।
उनले मानव बेचबिखनबाट पिडित तथा प्रभावितहरुको उद्दार तथा फिर्तिकालागी आवश्यक कानुन बनाउनुपर्ने बताईन ।
नेपाल प्रहरी मानव बेचबिखन नियन्त्रण शाखाकी प्रमुख एसएसपी दुर्गा सिंहले बेचबिखनको घटनाहरुलाई शुक्ष्म तरिकाले अनुसंधान गरिआएको तर आवश्यक कानुनको अभावमा पिडितहरुको उद्दार तथा फिर्तीकोलागी आवश्यक कानुन नहुंदा समस्या आईरहेको बताईन ।
यसअघी एटविनकी कार्यकारी दिर्नेशक बेनु माया गुरुंगले मानव बेचबिखन सम्बन्धी प्रदेश १ र लुम्बिनी प्रदेशमा गरिएको स्थलगत अनुगमन तथा अनुसंधानबारे कार्यपत्र प्रस्तुत गरेकी थिईन ।
एटविनकी उपाध्यक्ष तारा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मानव बेचबिखन बिरुद्ध काम गर्ने बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाका अगुवाहरु सहभागी थिए ।