अनलाईन सवारी बुक गर्ने माध्यम बनेको पठाओका (चालक) राईडरहरुको मनमौजीले काठमाडौंका आम नागरिक ठगिएको गुनासो बढेको छ ।
कम्पनीले तोकेको नियममा नरहेर आफ्नै मनमौजी भाडा संकलन तथा आफुले चाहेको गन्तव्य मात्रै जाने चालकहरुका कारण नागरिक ठगिन पुगेको आरोप लागेको हो ।
बंगलादेशको फ्रेन्चाईज कम्पनीको रुपमा नेपालमा सेवा दिईरहेको पठाओका चालकहरुले बेलुकीको समय ढल्दै जांदा आफ्नो मनमौजी शुरु गर्ने गरेका हुन् ।
सांझ अध्यारो पर्दै गएकोे बेला समयको बचतका लागी सार्वजनिक सवारीको साटो पठाओ बुक गर्न चाहने नागरिकहरुलाई चालकहरुले बढी पैसा डिमाण्ड गर्ने, अफलाइन जाने तथा उनिहरुले चाहेको गन्तव्यसम्म मात्रै जान चाहने गरेको देखिएको हो ।
यसरी शुरक्षित र सरल सेवाका लागी अन्य सार्वजनीक सवारीमा नगई बढी पैसा खर्च गरी पठाओ बुक गर्ने आम नागरिकलाई कम्पनीले तोकेको दरभन्दा २ गुणासम्म बढी भाडा असुलेर चालकहरुले ठगी गर्ने गरेका हुन् ।
काठमाडौं उपत्यकामा कार र मोटरसाईकल गरी करिब १ लाख ५० हजार पठाओ राईडरहरु सक्रिय छन् ।
तर उनिहरुको गैरजिम्मेवमर व्यवहार, बढी भाडा लिने तरिका तथा रुचाएको स्थानसम्म मात्रै जाने मनमौजीका कारण आम नागरिक समस्यामा परेका हुन् ।
यसबारेमा पठाओका उपभोक्ताले पटक–पटक कुरा उठाईआएपनी सेवाप्रदायक कम्पनीले चासो लिएको पाईदैन ।
फोनबाट कुनैपनी जिज्ञासा तथा सुचना साझा गर्न नचाहने पठाओ नेपालले नागरिकलाई ठगेको आरोप लागेपनी नियमन निकाय भने मौन बसेको छ ।