नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको मतदानको समय अझै एक घण्टा थपिएको छ । साढे ११ बजेसम्म मतदान गर्न पाइने समय निर्वाचन समितिले तोकेको हो । साढे १० बजेसम्मको समय तोकिएकोमा अझै करिब २५० मत खस्न बाँकी रहेपछि एक घण्टा थपिएको हो ।
साढे १० बजेसम्म ४५ सय मत खसेको छ । अझै २४३ मत खस्न बाँकी छ । मतदान सकिएपछि राष्ट्रिय सभा गृहमा सभापतिको मत गणना सुरु हुनेछ । अन्य पदाधिकारी तथा सदस्यको मत भने पार्टी कार्यालय सानेपामा गणना हुनेछ ।