प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोधलाई निरन्तरता दिने निर्णय गरेको छ ।
मंगलबार बसेको एमाले संसदीय दलको बैठकले संसद अवरोधलाई निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकमा एमाले संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले संसदमा विरोध प्रदर्शन जारी राख्ने जानकारी दिएका थिए ।
एमाले विभाजन गरेर तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई कारवाही गर्नुपर्ने माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।
संघीय संसद्अन्तर्गत आज (मंगलबार)देखि प्रतिनिधिसभाको दशौँ अधिवेशन सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो २ बजे बस्ने गरी अधिवेशन आह्वान गरिएको छ ।
दशौँ अधिवेशनको पहिलो बैठकमा विभिन्न अध्यादेश प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ ।