प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ ।
मंगलबार दिउँसो २ बजे संसद बैठक सुरु हुनेवित्तिकै एमालेले अवरोध गर्दै नारावाजी गरिरहेको छ ।
बैठक सञ्चालनमा सहयोग गर्न सभामुख अग्निप्रसाद सापकोटालो आग्रह गर्दै आएका छन् ।
यसअघि मंगलबार बिहान बसेको एमाले संसदीय दलको बैठकले संसद अवरोधलाई निरन्तरता दिने निर्णय गरेको थियो । बैठकमा एमाले संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले संसदमा विरोध प्रदर्शन जारी राख्ने जानकारी दिएका थिए ।
एमाले विभाजन गरेर तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई कारवाही गर्नुपर्ने माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।
आज बैठकमा विभिन्न अध्यादेश प्रस्तुत गरिने कार्यसूची छ ।