नेपालमा प्रजातन्त्र स्थापना भएपछीको पहिलो प्रतिनिधिसभाका सभामुख दमननाथ ढुंगानाले कांग्रेसको १४ औ महाधिवेशनमा आफुलै नेताहरुले बास्ता नगरेको दुखेसो पोखोका छनु ।
वि.स.२०४८ सालमा पहिलोपटक देशमा निर्वाचन हुंदा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख भएका वयोवृद्ध नेता ढुंगानाले कांग्रेसको जनमुखी मार्गदर्शन व्यक्तिमुखी बन्नपुगेको समेत बताए ।
काठमाडौंमा आज हृदेश त्रिपाठीले आयोजना गरेका जनता प्रगतिशिल पार्टीको घोषणासभालाई सम्बोधन गर्दै पुर्वसभामुख ढुंगानाले सार्वजनिक मञ्चमै कांग्रेसका नेताहरुको क्रियाकलापप्रती दुखेसो पोखेका हुन् ।
‘उता भृकुटी मण्डपतिर कांग्रेसको माहधिवेशन हुंदैछ रे, मैले त उताको बाटै बिसिंए छुं’, ढुंगानाले भने– म कांग्रेस हो कि होईन मलाई नै थाहा छैन् ।’
कांग्रेसमा बिपि, गणेशमानको सिद्धान्तलाई बिर्सेर सत्ता प्राप्तिको वितृष्णा मात्रै देखिएको भन्दै उनले समाजवादमा आधारीत राजनिती हराएको बताए ।
तिन दशक मधेशवादको राजनिती गरेका हृदेश त्रिपाठीको राजनितिक क्षमताको बखान गर्दै उनले २०४८ देखी ०५२ सम्म संसदमा मलाई सबैभन्दा मनपर्ने र आशलाग्दो सांसद त्रिपाठीनै देखिएको देंगानाले बताए ।
कांग्रेसको कोर क्षेत्र मानिले मधेसलाई कांग्रेसले भोट बैंकको रुपमा मात्रै प्रयोग गरेकोले त्यहाँ विकल्पको राजनितिक गर्न भिभिन्न दलहरुको स्थापना भएको ढुंगानाले प्रष्ट पारे ।
‘कांग्रेस देशको पार्टी थियो, तर अहिले छिन्नभिन्न भएको छ’, उनले भने– ‘विकल्पको राजनिती पुर्वी मधेसमा मात्रै नभई पश्चिम मधेशमा पनी हुनुपर्छ ।’
त्रिपाठीको पार्टी जेपिपिमा सक्रिय संलग्न नभएपछी संरक्षकको रुपमा आफुले सहयोग गर्ने ढुंगानाले प्रष्ट पारे ।