इन्डोनेसियामा मंगलबार ७.६ म्याग्निच्युडको भूकम्प गएको छ । देशको फ्लोरेस समुन्द्रनजिकै पर्ने ठाउँमा भूकम्प गएको र आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन् ।
झण्डै एक हजार किलोमिटर टाढादेखि आँधीको सम्भावना रहेको समाचारमा जनाइएको छ ।
यसअघि गत आइतबार राती पनि मालुकु प्रान्तमा केन्द्रविन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प आएको थियो ।