नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत सभापती पदको निर्वाचनमा भोट दिएर घर पर्केका प्रतिनिधी धमाधम काठमाडौं फर्किदै छन् ।
सभापतिका लागि भएको निर्वाचनमा ५ वटै उम्मेदवार मध्ये कसैले पनी ५१ प्रतिशत मत कटाउन नसक्दा पुनःनिर्वाचनमा भोट हाल्न घर फर्केका प्रतिनिधीहरु काठमाडौं फर्किन थालेका हुन् ।
बाराको कलैया उपमहानगरपालीका वडा नं.४ का वडाध्यक्ष तथा महाधिवेशन प्रतिनिधी जट्टाशंकर सहनी जिल्लामा अत्यावश्यक काम परेपछी सोमवार बेलुकी घर फर्केका थिए ।
पहिलो चरणमै सभापतीको छिनोफानो लागिसक्ने भनेर उनी अन्तिम फ्लाईटबाट बेलुकी ७ बजे सिमरा पुगेका थिए ।
तर आज बिहान सम्पन्न भएको मतगणनाले अध्यक्षको टुंगो नलागेपछी पुनः मत दिन उनी दिउंसो ३ बजे काठमाडौं आईपुगेका छन् ।
एअरपोर्टबाट डाईरेक्ट निर्वाचन स्थल पुगेका सहनीले प्रतिनिधिहरुको हरेक मत महत्वपुर्ण भएकोले मत प्रयोगका लागी आफु आज फेरी काठमाडौं आईपुगेको बताए ।
सहनी जस्तै कांग्रेसको महाधिवेशन प्रतिनिधी बनेका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधी लगायत धेरै नेताहरु आ–आफ्नो जिल्ला फर्किसकेका थिए । तर पुनः मतदान हुनेभएपछी उनिहरु धमाधम काठमाडौं फर्किदै छन् ।
कांग्रेसको निर्वाचन समितिले आज साढे तिन बजेदेखी साढे सात बजेसम्म सभापती पद कोलागी पुनःनिर्वाचन गराईरहेको छ ।
निर्धारित समयसम्ममा प्रतिनिधीहरुले मत नखसाले समय बढ्ने समेत बुझिएको छ ।
यथापी ४ दिनको बसाईपछी सोमवार भोट खसाले आफ्नो जिल्ला फर्केका धेरै प्रतिनिधिहरु फेरी काठमाडौं फर्किन सक्ने अवस्था नभएकोले पुनःमतदानमा पहिलाकोभन्दा कम मत खस्ने आंकलन गरिएको छ ।