एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज मङ्गलवार सामाजिक सञ्जालमार्फत ज्ञवालीले यो जानकारी दिएका हुन् ।
आफूलाई कोरोनाको हल्का लक्षण देखिएको पनि बताउनुभएको छ । उपमहासचिव ज्ञवालीले आफ्नो सम्पर्कमा आएकालाई पनि कोरोना परीक्षण गराउन आग्रह गरे ।
‘चाररपाँच दिनदेखि मेरो नजिकमा रहनुभएका सबैलाई सावधानी अपनाउन, सुरक्षित रहन र कुनै लक्षण देखिएमा परीक्षण गराउन अनुरोध गर्दछु’, नेता ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन् ।