नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार राति ८ः४५ बजेसम्म चार हजार ४०० मत खसेको छ ।
सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भइरहेको छ ।
निर्धारित समयभित्र परिसरभित्र प्रवेश गरिसकेका सबैलाई मतदान गर्न दिइने समितिले जनाएको छ ।