प्रदेश २ को प्रदेशसभा अधिवेशन अहिले जनकपुरमा जारी छ । गत असोज २२ गतेदेखी स्थगित गरिएको प्रदेशसभाको ८ औ अधिवेशन आज शुरु भएको हो ।
प्रदेशको नाम र राजधानीबारे प्रस्ताव लगायत विभिन्न बिधेयकहरु पेश हुने बैठक महत्वपुर्ण मानिएको छ ।
अहिले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सबैलाई एक भएर प्रदेशको नाम तथा राजधानीको टुंगो लगाउनकालागी सहयोग गर्न आग्रह गरेका छन् ।