प्रदेश २ प्रदेशसभाको ८ औ अधिवेशन अहिले जनकपुरमा जारी छ । प्रदेशको नाम र राजधानीबारे प्रस्ताव लगायत विभिन्न बिधेयकहरु पेश हुने बैठक महत्वपुर्ण मानिएको छ ।
प्रदेशसभामा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा लोकतान्त्रीक समाजवादी पार्टी प्रदेश २ का अध्यक्ष जितेन्द्र सोनलले प्रदेशसभालाई छक्याएर ल्याईएको २ बिधेयक फिर्ता लिन सरकारसंग माग गरेका छन् ।
प्रदेश २ को लालबाबु राउत गद्दी सरकारले गत असोज गते विरगंजमा प्राविधिक विश्वविधालय र सप्तरीमा कृषि विश्वविधालय स्थापना गर्न २ अध्यादेश ल्याएको थियो ।
सोनलले दुईतिहाई बहुमत रहेको सरकारले लोकतन्त्रको हत्या गर्दै अध्यादेश मार्फत सरकार चलाउन खोजेको आरोप समेत लगाए ।
सरकारद्धारा ल्याईएको दुईटै अध्यादेश फिर्तालिई प्रदेशसभामा बिधेयक ल्याई त्यसमा अगाडी बढ्न माग समेत सोनलले गरेका छन् ।