नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा भएको सभापतीको निर्वाचनमा शेरबहादुर देउवा पुनः सभापतीमा निर्वाचित भईसकेपछी अन्य पदाधिकारीहरुबारे चर्चा शुरु भएको छ ।
आज बेलुकीदेखी शुरुहुने पदाधिकारी तथा सदस्यहरुको मतगणनामा मतपेटीमा बंद भईसकेको मत कसको पक्षमा जाने हो भन्ने कुराको चर्चा शुरु भएको हो ।
निर्वाचनमा देउवा प्यानलले सबैभन्दा बढी मत ल्याएका थिए । जानकारहरुका अनुसार प्यानल अनुसार नै मत खसेको अवस्थामा उनको पुरै प्यानल विजयी हुने देखिन्छ ।
देउवाको प्यानलबाट उपसभापतिमा डा.पुर्ण बहादुर खड्का र विजय कुमार गच्छेदार उम्मेदवार छन भने महामन्त्री पदमा डा.प्रकाश सरण महत्त तथा प्रदिप पौडेल उम्मेदवार छन् ।
यता दोश्रो चरणमा देउवासंग पराजित भएका शेखर कोईराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुंग तथा महामन्त्रीमा गगन थापा र डा.मिनेन्द्र रिजाल उम्मेदवार भएका हुन् ।
त्यस्तै प्रकाशमान सिंहको प्यानलबाट उपसभापतीमा सुजाता कोईराला तथा महामन्त्रीमा विश्वप्रकाश शर्मा उम्मेदवार भएका छन् ।
अन्य पदहरुमा उम्मेदवारहरुबिच खासै ठुलो प्रतिस्पर्धा नभएपनी महामन्त्री पदमा भने ठुलो प्रतिस्पर्धा छ ।
महाधिवेशन अगाडीदेखिनै आ–आफ्नो उम्मेदवारी घोषणा गरी प्रचार–प्रसार प्रारम्भ गरिसकेका महामन्त्री पदमा गगन थापा, विश्वप्रकाश शर्मा, डा.प्रकाशशरण महत्त, प्रदिप पौडेल र डा.मिनेन्द्र रिजालबिच कडा प्रतिस्पर्धा छ ।
देउवाको गुटमा नअटाएको शर्मा र रिजाल क्रमशः सिंह र कोईरालाको टिमबाट लडेका छन भने पुर्वयोजना अनुसारै थापा कोईरालाको टिममा छन् ।
महाधिवेशनभरी युवा अनुहारको चर्चा चलेको थियो । सभापतिमा देउवा विजय भएपनी महामन्त्री पदमा गगन र विश्वप्रकाशको नाम अत्यधिक चर्चामा रहेको छ ।
युवा जोश भएका नेतालाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने धारका महाधिवेशन प्रतिनिधिहरुले प्यानलबाट क्रश भोटिंग गरेर भएपनी उनिहरुलाई जिताउनुपर्ने सोचमा रहेको देखिन्थ्यो ।
देउवाले सभापतीमा ल्याएको मतको प्रतिशत अनुसारै उनको प्यानलले समेत ल्याएको खण्डमा थापा र शर्माको जित निश्चित देखिन्न तर थापाको युवामाझ भएको लोकपृयताले उनलाई विजेता बनाउनेसम्मको भोट मतटंकीमा खसिसकेको विश्वास उनका समर्थकहरुमा देखिन्छ ।
पहिलो पटकको मतदानमा देउवा र कोईरालाको मतान्तर ५ सयको हाराहारीमा रहेको थियो । सो मतान्तरमा थापाको लोकपृयताले दुईतिनसय मत एताउती गर्नसकेपनी उनि निर्वाचित हुने आंकलन छ ।
यता देउवा प्यानलबाट लडेका डा.प्रकाशशरण महत्त र प्रदिप पौडेल समेत आफुहरु निर्वाचित हुनेमा विश्वस्त छन् ।
सभापतिमा देउवाले परेको मतकै हाराहारीमा आफुहरुलाई प्रतिनिधिहरुले विश्वाश गरेको उनिहरुको दावी छ ।
कोईराला पक्षबाट लडेका डा.मिनेन्द्र रिजाल भने प्रतिस्पर्धाबाट बाहिर देखिन्छन् । पार्टी कार्यकर्तामाझ धेर्र लोकपृय नरहेका रिजाल निर्वाचित हुने सम्भावना कमै देखिन्छ ।